सांसदलाई निःशुल्क आवास सुविधा दिने उपमहानगरपालिकाको घोषणा

ए वान डेस्क
२३ माघ २०७४, मंगलवार ०७:३२

हेटौडा उपमहानगरपालिकाले जिल्लाबाहिरबाट आउने प्रदेश सांसदहरुलाई आवास सुविधा दिने भएको छ। भाडाको कोठा वा होटलमा बस्नुपर्ने बाध्यता हटाउँदै सरकारी भवनमा राख्ने तयारी उपमहानगरपालिकाले गरेको हो।

हेटौडामा सरकारी भवनहरु धेरै भएकाले सांसदहरुलाई सरकारी भवनमै राख्ने तयारी गरिरहेको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए। हेटौडामा रहेका एक दर्जन बढी सरकारी संरचनामा प्रदेशका संसदहरुलाई बस्ने व्यवस्था गर्न लागिएको उनले बताए।

प्रदेश नम्बर ३ मा १ सय १० जना सांसद रहेकोमा मकवानपुरका ४ जना र छिमेकी जिल्ला चितवनका ६ जना, भावी ७ जना मन्त्रीबहेक सबै सांसदलाई सरकारी भवनमा राख्न सकिने उपमहानगरपालिकाले जनाएको छ। प्रदेश सांसदलाई हेटौंडा सिमेन्ट उद्योगको मन्त्री राख्ने बाहेकको क्वाटर।

सिमेन्ट उद्योगको भैसेमा रेहको क्वार्टर, हेटौडा कपडा उद्योगको खाली भवन, टिम्बर अफ कर्पोरेसनको क्वाटर, डिभिजन सडक कार्यालय हेटौडा औद्योगिक क्षेत्रमा बन्द रहेका उद्योगका खाली क्वार्टरहरु लगायतका भवनमा राख्न सकिने महतको भनाइ छ। यो समाचार हामीले नागरीक दैनिकबाट लिएका हौ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*