नेकपा माओवादी : वडा नम्बर २२ को वडा भेला सम्पन्न
ए वान डेस्क /
नेकपा माओवादी केन्द्रको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ को वडा भेला सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका नेता जयराम दाहालको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
वडा भेलाले प्रेम ब. लोप्चनको अध्यक्षतामा ३५ सदस्य वडा कमिटि गठन गरेको छ । वडा भेलामा प्रदेश कमिटि सदस्य गिता कडेल, जिल्ला कमिटि सदस्य मीन प्रसाद आपागाई, जिल्ला सदस्य अनिल पाख्रिन, वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरी, वडा नम्बर २२ का वडा अध्यक्ष मनिक लामा लगायतको उपस्थिति रहेको माओवादी केन्द्रका नेता बिरेन्द्र बास्कोटाले जानकारी दिनुभयो ।























