बारामा अध्यादेशको बिरोधमा युवा संघको प्रदर्शन

ए वान डेस्क
३ भाद्र २०७८, बिहीबार ०८:२९

ए वान डेस्क /

सरकारले ल्याएको अध्यादेशको बिरोधमा राष्ट्रिय युवा संघ बाराले बिरोध प्रदर्शन गरेको छ । बाराको कलैयामा युवा संघ बाराले अध्यादेशको बिरोधमा प्रदर्शन गरेको हो ।

अध्यादेश बिरुद्ध कलैयामा आयोजित बिरोध कार्यक्रममा र्याली निकालिएको थियो । र्यालीले कलैया बजार परिक्रमा गरेको थियो ।

र्यालीपछि आयोजित कोणसभामा बोल्दै नेताहरुले सरकारले यथाशिघ्र अध्यादेश फिर्ता लिनुपर्ने बताए । एमाले पार्टी फुटाउनकै लागी सरकारले अध्यादेश ल्याएको भन्दै नेताहरुले तत्काल गंभिर हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा युवा संघका केन्द्रिय सचिव मोमिन आलम, केन्द्रिय सदस्य तारा बस्नेत (हिरा), जिल्ला अध्यक्ष पुरुषोत्तम शाह, सचिव गणेश कोइराला, जिल्ला सदस्य तारा कार्की, नगर अध्यक्ष गौरब नेपाल, युवा नेता आरिफ हुसेन, ईश्वर थपलिया, शंकर पाख्रीन, सुक्र श्रेष्ठ, सुमित नेपाल, मनोज शाह लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*