पर्साका आधा दर्जन होटल व्यवसायी माओवादी केन्द्रमा प्रवेश

ए वान डेस्क
१७ भाद्र २०७८, बिहीबार ०७:०२

होटल व्यवसायी संघ पर्साका महासचिव तबरेज आलम, वरिष्ठ उपाध्यक्ष विद्यालाल साह, उपाध्यक्ष छविलाल उप्रेती, कोषाध्यक्ष दलबहादुर किङरिङ र सदस्य कनहिया अग्रवाल बुधवार दिउँसाे माओवादी केन्द्रमा प्रवेश गर्नुभएकाे छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबिर र माला लगाई उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएकाे थियाे ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रममा उहाँहरू पार्टी प्रवेश गर्नुभएकाे हाे । साे अवसरमा पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेल, केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज उर्मिला अर्याल, प्रदेश सदस्य तथा जिल्ला संयोजक विजय महतो, प्रदेश सदस्यहरु रामदरश कुशवाह, बालेश्वर थारु, वीरगंज महानगर पालिकाका इन्चार्ज रहबर अन्सारी, जिल्ला सदस्यहरु सगिर अलाम, प्रभाकर गुप्ता लगायतका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेकाे थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*