एमालेको १० औँ महाधिवेशन चितवनमा हुने, व्यवस्थापनको जिम्मा बादललाई

ए वान डेस्क
४ कार्तिक २०७८, बिहीबार १९:४१

नेकपा एमालेको आगामी १० औँ महाधिवेशन चितवनमा हुने भएको छ ।

बिहीबार (आज) बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीको १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेको १० औँ महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म हुने तय भएको थियो । यद्यपी ठाउँको बारेमा भने आज मात्रै निर्णय भएको हो ।

यसअघि बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर आजको बैठकले चितवनमा गर्ने निश्चित गरेको हो ।

त्यस्तै बैठकले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको नेतृत्वमा मुल ११ जनाको मूल व्यवस्थापन कमिटी गठन समेत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*