७ दिनमै सरकार ढाल्न सक्छौँ , तर हामी चाहन्नौँ : ओली
नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ७ दिनमा ढाल्न सक्ने आफूहरुमा खुवी रहेको तर त्यो नचाहने दावी गरेका छन् ।
चितवन भ्रमणमा रहेका अध्यक्ष ओलीले भरतपुरमा आयोजित प्रथम महानगर अधिवेशन उद्घाटन गर्दै चाहे ७ दिनमै सरकार ढाल्नसक्ने बताए ।
कार्यक्रममा उने भने, ‘यो सरकार सात दिनमा ढाल्न सक्छौँ । तर, अहिले ढाल्ने चाहना छैन । हामीलाई सरकार ढाल्ने हतारो छैन ।’
उनले सरकार ढालेर समय विताउनु भन्दा आगाी निर्वाचनको तयारी गर्नु प्रमुख भएको बताए । उनले आउँदो निर्वाचनमा पाँच दलिय गठबन्धनलाई धोवीले लुगा पछारे झैँ पछार्ने गरि तयारी भइरहेको बताए ।
उनले भने, ‘हामीले चाह्यौँ भने सरकार ७ दिनमै डल्छ । तर हामी सरकार ढालेर समय खेरा फाल्दैनौँ । हामीलाई आगामी निर्वाचनको तयारी गर्नु प्रमुख हो । हामीले पाँच दलिय गठबन्धनलाई धोवीले लुगा पछारे झैँ पछार्नुछ।’























