जीतपुरसिमरा : वडा ११ मा एमालेका झण्डै ५० जना कार्यकर्ता माओवादीमा प्रवेश
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिमा नेकपा एमाले परित्याग गरी झण्डै ५० जना कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वडा नम्बर ११ मा आज भएको माओवादी केन्द्र्रको वडा अधिवेशनमा एमाले परित्याग गरी झण्डै ५० जना कार्यकर्ता मााओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
वडा नम्बर ११ को अमाडार र खैरहवाबाट एमाले परित्याग गरी ४६ जना माओवादी केन्द्र प्रवेश गरेको वडा कमिटि अध्यक्ष बिन्दा साह तेलीले जानकारी दिनुभयो । नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य प्रेम बरालले टिका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

पार्टी प्रवेश गर्नेहरुमा उद्धव गौतम, धुर्व गौतम, दिनेश गौतम, सुमन गौतम, झमक ढुंगाना, कृष्ण बिश्वकर्मा, ज्ञानु चौलागाई, हरि चौलागाई, मुकुन्द गौतम लगायत रहेका छन् । यसअघि वडा अधिवेशनको माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य प्रेम बरालले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै बरालले संगठित भएर पार्टीमा लाग्न आग्रह गर्नुभएको थियो । वडा अधिवेशनको बिन्दा शाह तेलीको अध्यक्षतामा ३५ सदस्य वडा कमिटि गठन गरेको छ । गठित कमिटिको उपाध्यक्षमा प्रदिप गौतम, सचिवमा पर्शुराम चौधरी, सह–सचिवमा रामानन्द चौधरी, कोषाध्यक्षमा धर्मेन्द्र चौधरी चयन हुनुभएको छ ।























