जीतपुरसिमरामा काग्रेस सभापतिको लागी भिडन्त : गुप्ता र शर्माको उम्मेद्धवारी घोषणा

ए वान डेस्क
४ मंसिर २०७८, शनिबार २०:३२

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाली काग्रेसको नगर सभापति पदका लागी कडा भिडन्त हुने देखिएको छ । वडा अधिवेशन सम्पन्न भएसंगै नगर अधिवेशनमा होमिएको काग्रेसमा नगर सभापति पदका लागी कडा भिडन्त हुने देखिएको हो ।

नगर सभापतिसहित कार्यसमितिका लागी अहिलेसम्म दुई वटा समुहले प्यानलसहित उम्मेद्धवारी घोषणा गरिसकेको छ । नगर सभापतिको लागी अहिलेका सभापति श्यामबाबु गुप्ता र काग्रेस नेता छविलाल शर्माले उम्मेद्धवारी घोषणा गर्नुभएको छ ।

नगर सभापतिसहितको कार्यसमितिका लागी गुप्ता र शर्माले छुट्टा छुट्टै प्यानल घोषणा गर्नुभएको हो । हालका सभापति गुप्ताको प्यानलमा उप सभापति पदमा सुमित्रा चौधरी र समी अख्तर अंसारी, सचिवमा राजु पौडेल र रमेश घिमिरे लगायत रहनुभएको छ ।

उता, नगर सभापति पदका लागी उम्मेद्धवारी दिनुभएका शर्माको प्यानलमा उप सभापतिमा खेदुप्रसाद कलवार र तेजनारायण चौधरी, सचिवमा यज्ञ तिवारी र सुनिल सिहलगायत रहनुभएको छ । गुप्ता र शर्माबिच यसअघि पनि नगर सभापति पदको लागी भिडन्त परेको थियो ।

यसअघिको अधिवेशनमा शर्मालाई पराजित गर्दै नगर सभापति बन्न सफल हुनुभएका गुप्ता अहिलेपनि नगर सभापति बन्ने दाउमा हुनुहुन्छ । शर्मा पनि आफु नगर सभापतिको लागी योग्य रहेको भन्दै पछि नहट्ने अडानमा हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*