जीतपुरसिमरामा काग्रेस अधिवेशन आज, को बन्ला त नगर सभापति ?
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाली काग्रेसको नगर अधिवेशन आज हुदैछ । पथलैयामा हुने नगर अधिवेशनले नया नेतृत्व चयन गर्नेछ । नगर सभापतिसहितको कार्यसमितिका लागी दुई वटा समुहबिच कडा भिडन्त हुने देखिएको छ ।
नगर सभापतिसहित कार्यसमितिका लागी दुई वटा समुहले यसअघि नै प्यानलसहित उम्मेद्धवारी घोषणा गरिसकेका छन् । नगर सभापतिको लागी अहिलेका सभापति श्यामबाबु गुप्ता र काग्रेस नेता छविलाल शर्माले उम्मेद्धवारी घोषणा गर्नुभएको थियो । नगर सभापतिसहितको कार्यसमितिका लागी गुप्ता र शर्माले छुट्टा छुट्टै प्यानल घोषणा गर्नुभएको हो ।
हालका सभापति गुप्ताको प्यानलमा उप सभापति पदमा सुमित्रा चौधरी र समी अख्तर अंसारी, सचिवमा राजु पौडेल र रमेश घिमिरे लगायत रहनुभएको छ । उता, नगर सभापति पदका लागी उम्मेद्धवारी दिनुभएका शर्माको प्यानलमा उप सभापतिमा खेदुप्रसाद कलवार र तेजनारायण चौधरी, सचिवमा यज्ञ तिवारी र सुनिल सिहलगायत रहनुभएको छ ।
को बन्ला त नगर सभापति ?
नगर सभापति पदका लागी गुप्ता र शर्माबिच कडा भिडन्त हुने देखिएको छ । त्यसो त अहिलेका सभापति गुप्ताले शर्मालाई यसअघिको अधिवेशनमा पनि पराजित गर्नुभएको थियो । गुप्ता अहिलेपनि नगर सभापति बन्ने दाउमा हुनुहुन्छ भने शर्मा पनि आफु नगर सभापतिको लागी योग्य रहेको भन्दै पछि नहट्ने अडानमा हुनुहुन्छ ।
ए वान समाचारसंग कुरागर्दै गुप्ताले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो । नगरको नेतृत्व युवाबाट मात्र सम्भव रहेकोभन्दै उहाले जितको घोषणा गर्न मात्र बाकी रहेको बताउनुभयो । ‘अबको नेतृत्व युवा गर्ने हो, फेरी त्यो नेतृत्व गर्ने जिम्मेवारी मेरा काधमा आउदैछन्, मात्र जितको घोषणा गर्न बाकी छ’ उहाले भन्नुभयो ।
अर्का उम्मेद्धवार छविलाल शर्मासंग कुराकानी गर्न खोज्दा फोन सम्पर्क हुन सकेन् ।
पहिलो चरणमा बिहान १० बजेदेखि नगर अधिवेशनको उद्घाटन शत्र शुरु हुने बुझिएको छ । उद्घाटन शत्रपछि हुने बन्द शत्रमा निर्वाचन प्रक्रिया शुरु हुने र आजै मतपरिणाम आउने निर्वाचन कमिटिले जनाएको छ ।























