जीतपुरसिमरा २१ मा अध्यक्षका लागी स्वतन्त्र उम्मेद्धवारी
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा वडा अध्यक्षका लागी एक जना महिलाले स्वतन्त्र उम्मेद्धवारी दिनुभएको छ । उपमहानगरपालिकाको निर्वाचन कार्यालयमा पुगेर वडा अध्यक्षका लागी अमलेखगञ्ज निवासी सरिता प्रसाईले स्वतन्त्र उम्मेद्धवारी दिनुभएको हो ।
नेकपा एकिकृत समाजवादीले वडा अध्यक्षका लागी टिकट नदिएपछि प्रसाईले रुष्ट भएर स्वतन्त्र उम्मेवारी दिनुभएको बुझिएको छ ।























