जीतपुरसिमरा पहिलो दिन न्युन संख्यामा उम्मेद्धवारी दर्ता, अहिलेसम्म क–कसले गराए ?

ए वान डेस्क
११ बैशाख २०७९, आईतवार १८:२६

ए वान डेस्क /

स्थानीय निर्वाचनका लागि मनोनयन दर्ताको आज पहिलो दिन जीतपुरसिमरा उपमहानगरपालिकाको निर्वाचन कार्यालयमा न्यून संख्यामा उम्मेदवारी दर्ता भएको छ । उपमहानगरपालिकाको निर्वाचन कार्यालयमा आज पहिलो दिन स्वतन्त्र सहित केहि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

अहिले पनि उपमहानगरपालिकाको कार्यालयमा उम्मेद्धवारी दर्ता गराउने क्रम जारी छ । वडा नम्बर २१ को वडा अध्यक्ष पदका लागी स्वतन्त्र उम्मेदवार सरिता प्रसाईले पहिलो मनोनयन दर्ता गराउनुभएको थियो । उपमहानगरपालिकाको निर्वाचन कार्यालयमा पुगेर वडा अध्यक्ष पदका लागी अमलेखगञ्ज निवासी प्रसाईले स्वतन्त्र उम्मेद्धवारी दिनुभएको हो ।

नेकपा एकिकृत समाजवादीले वडा अध्यक्षका लागी टिकट नदिएपछि प्रसाईले रुष्ट भएर स्वतन्त्र उम्मेवारी दिनुभएको बुझिएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तर्फबाट वडा नम्बर २१ मा उम्मेद्धवारी दर्ता भएको छ । राप्रपाको तर्फबाट वडा अध्यक्ष पदमा मुन्निकाजि मगरले उम्मेद्धवारी दर्ता गराउनुभएको थियो ।

वडा नम्बर ७ मा लोसपाको तर्फबाट मोतिलाल राउतले वडा अध्यक्ष पदको लागी उम्मेद्धवारी दर्ता गराउनुभयो । लोसपाकै तर्फबाट वडा नम्बर २ को अध्यक्ष पदका लागी नेत्र बहादुर श्रेष्ठले उम्मेद्धवारी दर्ता गराउनुभएको छ । आइतबार उम्मेदवारी दर्ता गराउनेहरुको संख्या कम रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उम्मेदवारहरुले भोलि मनोनयन दर्ता गराउने छन् ।

अहिलेसम्म क–कसले उम्मेद्धवारी दर्ता गराए ? हेर्नुस् पछिल्लो अपडेट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*