जीतपुरसिमरामा उपप्रमुखसहित ७८ जनाले गरे राजीनामा
जीतपुरसिमरा उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वती चौधरीसहित ७८ जना जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन् ।
उपमहानगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उपप्रमुख चौधरीले आईतवार राजीनामा दिएकी हुन् । चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट विजयी भएकी थिइन् ।
उमेदवार मनोनयन अघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ । उपप्रमुख चौधरीले आसन्न स्थानीय निर्वाचनमा नगर प्रमुखमा दावी गरेकी छिन् ।
निर्वाचन अधिकृतको कार्यालयको अनुसार आईतवार साँझसम्म उपप्रमुखसहित १६ वडाध्यक्ष र ६१ सदस्यले राजीनामा दिएका छन् ।























