मेयरका आकांक्षी मनोज पौडेलले फेसबुकमा किन लेखे यस्तो ?

ए वान डेस्क
१२ बैशाख २०७९, सोमबार १२:२३

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखको आकांक्षी मध्यका एक हुन् मनोज पौडेल । आगामी स्थानीय तहको निर्वाचनमा पौडेलसहित दर्जनौको नाम मेयरको लागी सिफारिस गरिएको थियो ।

सिफारिस गरिएका मध्य पौडेलले आफुलाई बलियो दाबेदारको रुपमा उभ्याउनुभएको थियो । तर नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरपालिकाकाको मेयर पदका लागी अन्यको नाम नै टुंगो लगाएपछि पौडेल रुष्ट हुनुभएको हो ।

एमाले बाराका पुर्व प्रचार बिभाग प्रमुखसमेत रहनुभएका पौडेल एमालेभित्र पनि चर्चाको पात्र हुनुहुन्थ्यो । तर पौडेलको नाम नसमेटिएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजनितिक जिवनमा आफुले कुनै पनि लाभको पद धारण नगरेको बताउनुभयो ।

आफु योग्य भएकै कारण मेयर पदमा आकांक्षा देखाएको भन्दै उहाले मेयर पदको चाहाना व्यक्त गर्नुभएको थियो ।

फेसबुकमा पौडेलले यस्तो लेखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*