अध्यक्षका लागी जीतपुरसिमरा ४ मा तिमल्सिनाले गरे उम्मेदवारी दर्ता
ए वान डेस्क /
नेकपा एकिकृत समाजवादीको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा पुर्णचन्द्र तिमल्सिनाले उम्मेदवारी दिनुभएको छ । जीतपुसिमरा उपमहानगरपालिकाको निर्वाचन कार्यालय पुगेर तिमल्सिनाले वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।
यसैगरी वडा सदस्यमा अमिताभ चौधरी, सुभास आले मगर, राममाया राई, लालपरी देवी महराले उम्मेदवारी दिनुभएको छ । बिभिन्न संघ संस्थामा आबद्ध रहेर सामाजिक क्षेत्रमा सक्रिय तिमल्सिना आफु निर्वाचन जित्नेमा बिश्वस्त हुनुहुन्छ ।
ए वान समाचारसंग कुरागर्दै तिमल्सिनाले सबैको साथ र सहयोगले आफु वडा अध्यक्षमा निर्वाचित हुने बताउनुभयो ।























