जीतपुरसिमरामा मेयर पदका लागी १४ जनाको उम्मेदवारी
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाराको जीतपुरसिमरा उपमहानगरमा विभिन्न पदका लागि ५५८ जनाको उम्मेदवारी दर्ता भएको छ । उपमहानगरपालिकाको निर्वाचन कार्यालयका अनुसार बिभिन्न पदका लागी ५५८ जनाको उम्मेदवारी दर्ता भएको हो ।
जस अनुसार मेयर पदका लागी १४ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत बालाराम खड्काले जानकारी दिनुभयो । ८ जना स्वतन्त्र उम्मेदवारसहित जीतपुरसिमरामा १४ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएको खड्काले बताउनुभयो । यसैगरी उप मेयरमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी वडा अध्यक्ष पदका लागी १३०, खुल्ला वडा सदस्यका लागी २०६, दलित महिला वडा सदस्यका लागी १०० र महिला वडा सदस्यका लागी १०२ जनाले उम्मेदवारी दर्ता गराउनुभएको सहायक निर्वाचन अधिकृत खड्काले जानकारी दिनुभयो ।























