जीतपुरसिमरामा मिल्यो गठबन्धनको कुरा, गठबन्धनलाई जिताउने सहमती
ए वान डेस्क /
अन्ततः जीतपुरसिमरा उपमहानगरपालिकामा ५ दलिय गठबन्धन एक ढिक्का भएर निर्वाचनमा होमिने सहमती भएको छ । बाराको सिमरामा आज बसेको ५ दलिय गठबन्धनको बैठकले आगामी निर्वाचनमा एक ढिक्का भएर निर्वाचनमा होमिने निर्णय गरेको हो ।
यसअघि नेपाली काग्रेस जीतपुरसिमराले केन्द्रिय गठबन्धनको निर्णय नमान्ने भन्दै जीतपुरसिमरामा गठबन्धन नगर्ने निर्र्णय गरेको थियो । तर आज सिमरामा बसेको गठबन्धनको बैठकले आगामी निर्वाचनमा गठबन्धनलाई जिताउने सहमती गरेको छ । यो संगै जीतपुरसिमरा उपमहानगरपालिकामा देखिएको गठबन्धन भित्रको बिबाद साम्य भएको छ ।
नेकपा माओवादी केन्द्र जीतपुरसिमराका नगर अध्यक्ष प्रेम बरालले जीतपुरसिमरामा गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउने सहमती भएको बताउनुभयो । मेयर उप–मेयरको घरदैलो कार्यक्रममा गठबन्धनका नेता संयुक्त रुपमा जाने सहमती भएको भन्दै उहाले गठबन्धनको सन्देश दिने बताउनुभयो ।
उहाले जसपा र जनमोर्चाको मेयरको उम्मेदवारलाई फिर्ता बोलाउने सहमती समेत भएको बताउनुभयो ।
बैठकमा नेपाली काँग्रेसका तर्फबाट छविलाल शर्मा, कृष्णब्रत सिंह, राधादेवी साह, नेकपा माओवादी केन्द्रका तर्फबाट क्षेत्रबहादुर श्रेष्ठ, जयराम दाहाल, प्रेम बराल, नेकपा एकीकृत समाजवादकिा तर्फबाट दिनेश राई, सुन्दर विश्वकर्मा, कृष्ण खनाल, जसपाका तर्फबाट भरतबहादुर खड्का, शोहन शर्मा, जनमोर्चा नेपालका तर्फबाट धर्माननद सुवेदीको उपस्थिति रहेको थियो । बैठकमा नेकपा माओवादी केन्द्रका गोपाल ठाकुरको विशेष उपस्थिति रहेको थियो ।























