बालेनको झल्को दिने ‘विजय’, जो बने कान्छो उम्मेदवार

ए वान डेस्क
१६ बैशाख २०७९, शुक्रबार २०:२१

ए वान डेस्क /

यतिबेला चर्चित र्यापर बालेन्द्र साह ‘बालेन’ निकै चर्चामा छन् । काठमाण्डौ महानगरपालिकाका लागी मेयर पदमा उम्मेदवारी दिएका बालेन चर्चामा मात्र छैनन्, जित नजिक पनि छन् । बालेनको चर्चा त्यतिमा मात्र सिमित छैन्, युवा पुस्तामाझ लोकप्रिय उनी सबैको नजिकको पात्र पनि बनिसेका छन् ।

धेरैको रोजाई अहिले बालेन साह बनेका छन् । बालेनकै झल्को दिने गरी अहिले बाराको जीतपुरसिमरा उपमहानगरपालिमा कान्छो वडा अध्यक्षका उम्मेदवार बनेका विजय बोम्जन पनि चर्चाको शिखमा छन् । बोम्जनले नेपाली काग्रेसको तर्फबाट वडा नम्बर २ को वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

अहिले युवा पुस्तामाझ निकै नै लोकप्रिय विजय वडा नम्बर २ को कान्छो बालेन बनेका छन् । फरक यति मात्र हो, बालेन साहले काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका छन्, बोम्जन भने नेपाली काग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवारी दिएका छन् । तर काग्रेसबाट बोम्जनले वडा अध्यक्षको उम्मेदवारी दिएपनि सबै पार्टीको साझा उम्मेदवार झै आफुलाई प्रस्तुत गरेका छन् ।

सामाजिक क्षेत्रमा समेत लामो समयदेखि सक्रिय विजय वडाको विकास निर्माणको विषयमा खुलेर आफ्नो धारणा व्यक्त गर्ने मध्यका एक हुन् । विजय बोम्जन वडाको बिकास निर्माणका बिषयमा जति गंभिर देखिन्छन्, त्यतिनै चिन्तत रहेको बताउछन् । वडाको विकासका बिषयमा बारम्बार आवाज उठाउदै आएको बोम्जन आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताउछन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको कँन्छो वडा अध्यक्षको रुपमा आफ्नो दमदार भिजन प्रस्तुत गर्दै आएका बोजम्न सबैको साथ र सहयोग आफ्नो पक्षमा रहेको बताउछन् । ए वान समाचारसंग कुरागर्दै वडा अध्यक्षका उम्मेदवार बोम्जनले आफ्नो विजय निश्चित रहेको बताउनुभयो ।

वडा अध्यक्ष उम्मेदवार बोम्जनले ए वान समाचारसंग भन्नुभयो ‘मैले मेरो एजेण्डा भन्दा पनि जनताको एजेण्टा प्रस्तुत गरेको छु, जनताको मनोभावना अनुसार मैले काम गर्ने हो’ । वडा अध्यक्षका उम्मेदवार बोम्जन जति नेपाली काग्रेसमा नजिक छन्, त्यति नै अन्य पार्टीका युवा पंक्तिमा पनि नजिक देखिन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*