जीतपुरसिमरा : आचारसंहित लागु गर्न निर्वाचन कार्यालयको निर्देशन

ए वान डेस्क
१९ बैशाख २०७९, सोमबार १५:३०

ए वान डेस्क /

प्रभावकारी रुपमा निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन अधिकृतको कार्यालयले निर्देशन दिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा आज आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा बोल्दै निर्वाचन अधिकृत टिकामणी न्यौपानेले निर्वाचन आचारसंहिता २०७८ पुर्ण रुपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकामा प्रभावकारी रुपमा आचार संहिता कार्यान्वयन नभएको भन्दै उहाले निर्वाचन कार्यालयले आवश्यक निगरानी गरिरहेको बताउनुभयो । जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा सबैले निर्वाचन आचार संहित पालना गनुपर्ने उहाले बताउनुभयो ।

निर्वाचन केन्द्रित गतिविधि गर्दा सभ्य र अनुशासित भएर गतिविधि सञ्चालन गर्नुपर्ने भन्दै उहाले निर्वाचन आचार संहिता पालना नभए कानुन बमोजिम कारर्वाही हुने बताउनुभयो । उहाले कसैलाई पनि असर नगर्ने गरी चुनाव प्रचार प्रसार गर्न आग्रह गर्नुभयो ।

छलफलमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष मोहन शर्माले आचार संहिता प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । निर्वाचनलाई सभ्य र शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न सबैको भुमिका महत्वपुर्ण हुने उहाले बताउनुभयो ।

छलफलमा बोल्दै नेकपा माओवादी केन्द्रका नेता बेनि तिमल्सिनाले आचार संहित पुर्ण रुपमा लागु गर्न सबै लाग्नुपर्ने बताउनुभयो । छलफलमा ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना, सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदिप राई, पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*