जीतपुरसिमरा : साझा गठबन्धनको ‘प्रतिवद्धता पत्र’ सार्वजनिक

ए वान डेस्क
२१ बैशाख २०७९, बुधबार १९:१३

ए वान डेस्क /
५ दलिय साझा गठबन्धनले जीतपुरसिमरा उपमहानगरपालिकाको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी साझा गठबन्धनले आज आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
साझा गठबन्धनको तर्फबाट नगर प्रमुखका उम्मेदवार राजन पौडेल र उप–प्रमुखका उम्मेदवार मेघा शाहीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो । प्रतिवद्धता पत्रमा प्रशासन व्यवस्थापन, कर प्रणाली, पर्यटन तथा सस्कृती, नगर प्रहरी तथा सुरक्षा व्यवस्थापन, समाज कल्याण, युवा खेलकुद तथा रोजगार, सुचना प्रविधि, वन तथा पर्यावरण, कृषि प्रवद्र्धन, शिक्षा तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, खानेपानी तथा सरसफाई, बाटोघाटो तथा सडक सञ्चालन, औद्योगिक करिडोर व्यवस्थापन, गरिव तथा भुमिहिन व्यवस्थापन, सहकारी तथा संघ–संस्था व्यवस्थापन र महिला तथा बालबालिकाको क्षेत्रलाई बिशेष जोड दिईएको छ ।
प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य दिनेश राई, मधेश प्रदेशका प्रदेशसभा सदस्य सुन्दरबहादुर बिश्वकर्मा, नेपाली काग्रेसकी महिला नेतृ नारायणी रायमाझी निरु, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष कृष्ण खनाल लगायतको उपस्थिति रहेको थियो ।
नेपाली काग्रेसका नगर सभापति छविलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक राजु अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बरालले स्वागत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*