भरतपुरमा ६५ गणना गर्दा रेनु र विजयबीच टक्कर

ए वान डेस्क
३१ बैशाख २०७९, शनिबार १४:३२

भरतपुर महानगरको प्रारम्भिक मत परिणाममा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी झिनो मतले अगाडि देखिएका छन्।

६५ मत गणना हुँदा मेयरमा सुवेदीले २६ मत पाएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी रेनु दाहालले २५ मत पाएकी छन्।

कांग्रेसबाट विद्रोह गरेर बागी उम्मेदवार दिएका जगन्नाथ पौडेलले ७ मत पाएका छन्। ६ मत बदर भएको छ।

मत गणना जारी छ।

भरतपुरमा अघिल्लो पटक दाहालले मेयर जितेकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*