जीतपुरसिमरा अपडेट : मेयरमा पौडेल अघिअघि, चौधरी पछिपछि

ए वान डेस्क
३१ बैशाख २०७९, शनिबार १८:५९

जीतपुरसिमरा उपमहानगरपालिकामा साझा गठबन्धनको तर्फबाट नगर प्रमुखका उम्मेदवार राजन पौडेलले अग्रता लिनुभएको छ । केहिबेर अघि सार्वजनिक भएको वडा नम्बर १ र २४ को मतपरिणाम अनुसार नगर प्रमुखका उम्मेदवार पौडेलले अग्रता लिनुभएको हो ।

नगर प्रमुखका उम्मेदवार पौडेलले १६७७ मत ल्याउदा नेकपा एमालेको तर्फबाट मेयरकी उम्मेदवार सरस्वती देवी चौधरीले मात्र १०३५ मत ल्याउनुभएको छ ।

उता, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट मेयरका उम्मेदवार सञ्जय साहले भने ६४६ मत ल्याउनुभएको छ ।

वडा नम्बर १

नगर प्रमुख

साझा गठबन्धन राजन पौडेल : १००८

नेकपा एमाले सरस्वती देवी चौधरी : ७२३

लोसपा सञ्जय साह : ५

राप्रपा : ८५

उप–प्रमुख

साझा गठबन्धन मेघा शाही : ९९०

नेकपा एमाले भोला अधिकारी : ७५४

लोसपा बिपि मोक्तान : ३

राप्रपा : १०१

जसपा : ३

 

वडा अध्यक्षको विवरण

नेपाली काग्रेस हिरा बहादुर गुरुङ : ९९९

नेकपा एमाले हिरा बस्नेत : ७९४

राप्रपा धिरज पुडाशैनी : ७४

नेकपा एकिकृत समाजवादी रामदास धौजु : ३४

 

वडा नम्बर २४

नगर प्रमुख

लोसपा सञ्जय साह ः ६४१

साझा गठबन्धन राजन पौडेल ः ६६९

नेकपा एमाले ः ३१२

 

उप–प्रमुख

साझा गठबन्धन मेघा शाही ः ७६५

लोसपा बिपि मोक्तान ः ६४४

नेकपा एमाले भोला अधिकारी ः ३२३

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*