जीतपुरसिमरा २ अपडेट : ७८७ मत गन्दा एमाले अगाडी, कसको कति मत ?
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतगणना अहिले भईरहेको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा वडा नम्बर १, २, ३ र २२ को मतगणना भईरहेको छ ।
यो समाचार तयार पार्दासम्म वडा नम्बर २ को ७८७ मतगणना गरिएको छ । वडा नम्बर २ को ७८७ मत गन्दा नेकपा एमाले अग्रस्थानमा छ । प्रारम्भीक मत परिणाम अनुसार नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार धन बहादुर श्रेष्ठले ३५९ मत ल्याउनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार तिलक बहादुर श्रेष्ठले १६९ मत ल्याउनुभएको छ भने नेपाली काग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बिजय बोम्जनले १३० मत ल्याउनुभएको छ ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४० र राप्रपाले ४३ मत ल्याएको छ ।























