हेटौँडा निर्वाचन : गठबन्धनसँग प्रतिस्पर्धा गर्दै एमाले

ए वान डेस्क
१ जेष्ठ २०७९, आईतवार ०१:२७

हेटौँडा उपमहानगरपालिकामा हालसम्म ३ हजार ५ सय ३३ मतगणना भएको छ । जसअनुुसार गठबन्धनकी उम्मेदवार मिना लामाले आफ्नो अग्रता कायमै राखेकी छिन् ।

गठबन्धन (एकीकृत समाजवादी) को तर्फबाट लामाले १०६९ मत कायम गरेकी छिन् । त्यसैगरी उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले १०६६ मत प्राप्त गरेको जानकारी आएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंहले ९४९ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।
त्यसैगरी उपमेयरमा पनि गठबन्धनका उम्मेदवार राजेश बानियाले अग्रता कायम गरेका छन् । बानियाले १५४२ मत प्राप्त गवरेृका छन् । त्यसैगरी नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १२६० मत प्राप्त गरेकी छन् भने राप्रपाबाट उपमेयरको उम्मेदवार बनेकी इन्दिरा डल्लाकोटीले २६० मत प्राप्त गरेकी छिन् ।

यद्यपी हाल मतगणना जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*