जीतपुरसिमरा : ५ वटा वडाको मतगणना जारी, कहा कसको अग्रता ?

ए वान डेस्क
१ जेष्ठ २०७९, आईतवार १६:००

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतगणना अहिले भईरहेको छ । निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार वडा नम्बर २, ३, ४, २० र २१ को मतगणना भईरहेको हो ।

वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा कडा सुरक्षाकाबिच मतगणना भईरहेको छ ।

कुन वडामा कसको अग्रता छ ? हेर्नुस् विवरण ।

वडा नम्बर २ को अवस्था :

वडा नम्बर २ को अहिले मतगणना भईरहेको छ । निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार वडा नम्बर २ मा नेकपा एमाले निकै अगाडी देखिएको छ । एमालेका धन बहादुर श्रेष्ठले १०३२ मत ल्याएको छ भने माओवादी केन्द्रका तिलक बहादुर श्रेष्ठले ५०१ मत ल्याएका छन् यता, नेपाली काग्रेसका बिजय बोम्जनले भने ३९८ मत ल्याउनुभएको छ ।

वडा नम्बर ३ को अवस्था :

वडा नम्बर ३ को मतगणना भईरहेको छ । वडा नम्बर ३ मा पनि निकै प्रतिस्पर्धा देखिएको छ । वडा नम्बर ३ मा नेकपा एमाले र नेपाली काग्रेसको प्रतिस्पर्धा देखिन्छ । वडा नम्बर ३ मा एमालेबाट तारा बहादुर कार्की उम्मेदवार बन्नुभएको छ भने काग्रेसबाट दिनेश सुबेदी उम्मेदवार बन्नुभएको छ । अहिलेसम्म वडा नम्बर ३ को बिषयमा निर्वाचन अधिकृतको कार्यालयले आधिकारीक मतपरिणाम सार्वजनिक गरेको छैन् ।

वडा नम्बर ४ को अवस्था :

वडा नम्बर ४ को पनि मतगणना भईरहेको छ । वडा नम्बर ४ को प्रारम्भीक मतपरिणाम पनि आईसकेको छैन् । तर स्रोतका अनुसार वडा नम्बर ४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको कडा प्रतिस्पर्धा रहेको पाईएको छ ।

वडा नम्बर २० को अवस्था :

वडा नम्बर २० को मतगणना केहिबेर अघिदेखि शुरु भएको हो । निर्वाचन अधिकृतको कार्यालयले केहिबेर अघिदेखि मतगणना शुरु भएको जनाएको छ । वडा नम्बर २० त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

वडा नम्बर २१ को अवस्था :

वडा नम्बर २१ को मतगणना जारी छ । केहिबेर अघि आएको वडा नम्बर २१ को मतपरिणाम अनुसार नेकपा एमाले अगाडी थियो । तर अहिले वडा नम्बर २१ मा अहिले कडा प्रतिस्पर्धा रहेको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*