वडा २ अपडेट : २७०० मत गन्दा एमालेले ल्यायो १२१९ मत
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार वडा नम्बर २ मा नेकपा एमाले निकै अग्रस्थानमा देखिएको छ ।
मत परिणाम अनुसार नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार धन बहादुर श्रेष्ठले १२१९ मत ल्याउदा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार तिलक बहादुर श्रेष्ठले ५७८ मत ल्याउनुभएको छ ।
यसैगरी नेपाली काग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बिजय बोम्जनले ४७४ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो मतपरिणाम २७०० मत गन्दाको हो ।























