जीतपुरसिमरा : २ हजार बढि मतले राजन पौडेलको अग्रता
जीतपुरसिमरामा जारी मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेलले ८ हजार १७६ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी एमालेकी सरस्वती चौधरीले ५ हजार ८६१ मत ल्याएकी छिन् । उपमहानगरको मत परिणाम घोषणा भईसकेको १० वटा वडामा गठबन्धनका उम्मेदवार पौडेल चौधरी भन्दा २ हजार ३१५ मतले अगाडी छन् ।
उपप्रमुखमा गठबन्धनकी उम्मेदवार मेघा शाहीले ७ हजार ९४ मत ल्याएकी छिन् भने एमालेका उपप्रमुखका उम्मेदवार भोला अधिकारीले ६ हजार २२७ मत ल्याएका छन् । उपप्रमुखमा शाही ८६७ मतले अगाडी छिन् ।
हालसम्म सार्वजनिक भएका १० वटा वडा मध्ये ६ वटा वडामा एमाले, ३ वटा वडामा नेपाली कांग्रेस र एउटा वडामा माओवादी केन्द्रका वडाध्यक्षहरु बिजयी भएको छन् । उपमहानगरको वडा नं १,२,३,४,६,२४,२३,२२,२१ र २० को मत परिणाम सार्वजनिक भईसकेको हो भने हाल वडा नं ५,७, १९,१८ मा मतगणना जारी छ ।























