जीतपुरसिमरा : ९ वटा वडाको मतगणना गर्न बाकी, यस्तो छ १६ वडाको अन्तिम मतपरिणाम

ए वान डेस्क
३ जेष्ठ २०७९, मंगलवार ०८:२९

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा भईरहेको मतगणनाको अन्तिम मतपरिणाम आउने क्रम जारी छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार १६ वटा वडाको मतपरिणाम सार्वजनिक भईसकेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब ९ वटा वडाको मतगणना गर्न बाकी छ । कार्यालयका अनुसार वडा नम्बर ९, १०, ११, १२, १३, १४ र १५ को मतगणना गर्न बाकी रहेको छ । निर्वाचन अधिृकतको कार्यालयका अनुसार अहिले वडा नम्बर १६ को मतगणना भईरहेको छ ।

२४ वटा वडा मध्य अहिलेसम्म १६ वटा वडाको अन्तिम मतपरिणाम आईसकेको छ । सहायक निर्वाचन अधिकृत बालाराम खड्काका अनुसार वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, १७, १८, १९, २०, २१, २२, २३ र २४ को अन्तिम मतपरिणाम आईसकेको छ ।

मतपरिणाम अनुसार ९ वटा वडामा एमाले, ५ वटा वडामा नेपाली काग्रेस र २ वटा वडामा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*