जीतपुरसिमरा : जनप्रतिनिधिको सपथ ग्रहण भोलि, नगर प्रमुख पौडेलले खुवाउने

ए वान डेस्क
८ जेष्ठ २०७९, आईतवार १८:४३

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा भोलि नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाईने भएको छ । उप–प्रमुखसहित २४ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुलाई नगर प्रमुख राजन पौडेलले सपथ खुवाउने कार्यक्रम छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा भोलि दिउसो २ बजे नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाउने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले जानकारी दिनुभयो ।

बैशाख ३० गते सम्पन्न निर्वाचनबाट मेयरमा राजन पौडेल र उप–मेयरमा भोला प्रसाद अधिकारी निर्वाचित हुनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*