जीतपुरसिमरामा मेयरको पहिलो निर्णय : १ देखि ५ सम्म निशुल्क पोशाक

ए वान डेस्क
९ जेष्ठ २०७९, सोमबार १०:०२

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्ना क्षेत्रका सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म नया भर्ना हुने बिद्यार्थीलाई निशुल्क पोशाक उपलब्ध गराउने भएको छ । नवनिर्वाचित नगर प्रमुखको पहिलो बैठकले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म भर्ना हुने बिद्यार्थीलाई निशुल्क पोशाक उपलब्ध गराउने निर्णय गरेको हो ।

नवनिर्वाचित नगर प्रमुख राजन पौडेलले आज पदभार ग्रहण गर्दै यस्तो निर्णय गर्नुभएको हो । कार्यभार सम्हाल्दै पौडेलले पहिलो निर्णय नै शिक्षा सुधारको पक्षमा गर्नुभएको हो । पदभारग्रहण पछि संचारकर्मीसंग कुरागर्दै नगर प्रमुख पौडेलले शिक्षा क्षेत्रको सुधार गर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो । विगतको भन्दा फरक र जनमैत्री ढंगबाट नगरको सेवा प्रवाह हुने उहाको भनाई थियो ।

शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा उपमहानगरले बिशेष ध्यान दिने भन्दै नगर प्रमुख पौडेलले जनताको मनोभावना अनुसार काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*