मेयर पौडेलले गरे स्वास्थ्य चौकीको निरिक्षण

ए वान डेस्क
९ जेष्ठ २०७९, सोमबार १८:४४

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजन पौडेलले स्वास्थ्य चौकी जितपुरको निरिक्षण गर्नुभएको छ । वडा नम्बर ७ जीतपुरमा रहेको स्वास्थ्य चौकीको नगर प्रमुख पौडेलले आज निरिक्षण गर्नुभएको हो ।

वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता लगायतको उपस्थितिमा जितपुर स्वास्थ्य चौकीको निरिक्षण गरिएको हो । निरिक्षणपछि नगर प्रमुख पौडेलले स्वास्थ्य चौकीलाई व्यवस्थित गरिने बताउनुभयो ।

अव्यवस्थित स्वास्थ्य चौकीलाई व्यवस्थित बनाउन वडाले बिशेष चासो देखाउनुपर्ने भन्दै उहाले नगरले आवश्यक सहयोग गर्र्ने प्रतिवद्धता जनाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*