जीतपुरसिमरावासीको समस्या पहिलो प्राथमिक्ता : नगर प्रमुख पौडेल
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले जनताको समस्या पहिलो प्राथमिक्ता भएको बताउनुभएको छ । वडा नम्बर ११ मा आज आयोजित पदभार ग्रहण कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले यस्तो बताउनुभयो ।
नगरवासीको समस्या सम्बोधन गर्न आफु प्रतिवद्ध रहेको भन्दै विकास निर्माणको काममा कुनै कसर बाकी नराख्ने बताउनुभयो । नगर प्रमुख पौडेलले सबैको साथ र सहयोगले उपमहानगरपालिका चल्ने भन्दै हातेमालो गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमकाबिच वडा नम्बर ११ का वडा अध्यक्ष बिन्दालाल साहले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै उहाले वडाभित्र रहेका सामुदायिक बिद्यालयलाई अग्रेजी माद्ययममा लैजाने निर्णय गरेको छ ।
शिक्षा क्षेत्रको गुणस्तर सुर्धान वडाले बिशेष अग्रसरता देखाउने भन्दै वडा अध्यक्ष साहले सामुदायिक बिद्यालयलाई अग्रेजी माद्ययममा लैजाने निर्णय गरिएको बताउनुभयो ।























