नगर उद्योग वाणिज्य संघ : को हुन बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार ओम प्रकाश गुप्ता ?

ए वान डेस्क
८ असार २०७९, बुधबार २०:१३

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नया कार्यसमिति चयनका लागी यही असार ११ गते निर्वाचन हुदैछ । ३ वर्षे कार्यकालकालागि शनिवार संघको कार्यालयमा निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा बरिष्ठ उपाध्यक्षसहित १६ पदका लागी ५१ जनाले उम्मेदवारी दिएका छन् । जसमा छुट्टा छुट्टै समुहले प्यानलनै बनाएर निर्वाचनमा होमिएका छन् । जसमध्य ओम प्रकाश गुप्ता प्यानलबाट चुनावी मैदानमा रहनुभएका उमेद्वारहरु विभिन्न उद्योग र व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु हुनुहुन्छ ।

लामो समयसम्म अन्य सामाजिक क्षेत्रका संघसंस्थामा रहेर सफल रुपमा नेतृत्व गरिसक्नुभएका उमेद्वारहरु चुनावी मैदानमा छन् । व्यवसायीमाझ लोकप्रीय बनेका उमेद्वारहरु चुनावी मैदानमा रहेकाले यो प्यानल बलियो मानिएको छ ।

को हुन बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार ओम प्रकाश गुप्ता ?

असार ११ गते हुने जीतपुरसिमरा नगर उद्योग वाणिज्य सघको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदका बलिया उमेद्वार हुनुहुन्छ ओम प्रकाश गुप्ता । उद्योग व्यवसायी गुप्ता यस क्षेत्रकै सफल व्यवसायी हुनुहुन्छ ।

२०२९ सालमा जन्मनुभएका गुप्ताको परिचय र पहिचान निकै फरक छ । जीतपुर निवासी गुप्ता रामचन्द्र प्रसाद साह गुप्ता कलवारको नाति हुनुहुन्छ । रामचन्द्र प्रसाद साह गुप्ता कलवारलाई नचिन्ने सायदै होलान् । यस क्षेत्रमा गर्भिलो सामाजिक छवि बनाउनुभएका उहाको छोरा प्रलाद प्रसाद गुप्ता कलवार पनि निकै परिचित अनुहार हो ।

हजुरबुबा र बुबाबाट व्यवसायीक यात्रा शुरु गर्नुभएका गुप्ताको अहिले अगरबत्ति उद्योग छ । जयमाता दी ईन्टरनेस्ल अगरबत्ति प्रोडक्ट सञ्चालन गरिरहनुभएका गुप्ताले उद्योग वाणिज्य संघमा २ कार्यकाल सदस्य भएर अनुभव पनि बटुलिसक्नुभएको छ । ३० बर्षअघि किराना व्यवसायबाट आफ्नो व्यवसायीक यात्रा थाल्नुभएका गुप्ताको ट्रक र ट्रान्सपोर्ट व्यवसाय पनि छ । व्यवसायी हकहितकालागि सधै समर्पित हुने गुप्ता यसपटक बरिष्ठ उपाध्यक्ष पदमा पुग्ने तयारीमा हुनुहुन्छ ।

सफल नेतृत्वकर्ता भएको विगत लामो समयदेखी सामाजिक क्षेत्रमा कामको गराईले प्रष्टाईसकेको छ । व्यवसायीमाझ सबैले रुचाईएका र सबैमाझ लोकप्रीय गुप्ता सबैसंग समान व्यवहार गर्नुहुन्छ । साना व्यवसाय गर्ने व्यवसायी र ठुला उद्योगीहरुसग उहाको समान व्यवहार हुने गर्दछ । जसले गर्दा सबैको मन जित्न सफल हुनुहुन्छ ।

यस पटकको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा तपाईको उमेद्वारी किन भनेर सोध्दा उहा भन्नुहुन्छ– ‘पहिलो कुरा त म सम्पूर्ण व्यवसायीहरुले भोगेका समस्या समाधान गर्न चाहन्छु, अर्को कुरा आजसम्म उद्योग वाणिज्य संघले थालेका धेरै काम छन् जसलाई पूर्णता दिनछु भने केहीलाई कार्यान्वयन गर्न छ म त्यो गर्न चाहन्छु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*