जीतपुरसिमरा : स्थगित नगरसभा भोलि हुदै
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाको स्थगित नगरसभा भोलि हुने भएको छ । वडा नम्बर ५ स्थित बकुलिया कलेजमा भोलिको लागी नगरसभा राखिएको उपमहानगरपालिकाले जनाएको छ ।
यसअघि असार १० गते नगरसभा बोलाईएपनि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको होहल्लाका कारण नगरसभा स्थगित भएको थियो । भोलिको लागी सम्पुर्ण नगरसभा सदस्यहरुलाई उपस्थितिका लागी पत्राचार गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले जानकारी दिनुभयो ।
‘हामीले पत्राचार र म्यासेजमार्फत नगरसभामा उपस्थितिका लागी जानकारी गराएका छौ, भोलि दिउसो २ बजेदेखि नगरसभा गर्ने हाम्रो तयारी छ’ उहाले भन्नुभयो ।























