कसम खादै पुर्वमन्त्री श्रेष्ठले भने : मैले पाउने तलब भत्ता सामाजिक कार्यमा खर्च गर्नेछु

ए वान डेस्क
२१ आश्विन २०७९, शुक्रबार ०९:०९

ए वान डेस्क /

नेकपा एकिकृत समाजवादीका प्रभावशाली नेता किशान श्रेष्ठले प्रतिनिधिसभा सदस्यमा आफु विजयी भए सरकारबाट पाउने सेवा सुविधा र भत्ता सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्नुभएको छ । नेकपा एकिकृत समाजवादी क्षेत्रिय समन्वय कमिटि क्षेत्र नम्बर ४ को आयोजनामा पर्सौनीमा भएको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै श्रेष्ठले आफु सधै जनताको पक्षमा रहेको बताउनुभयो ।

आफुले बिगत देखि नै जनताको मर्म र भावना बुझ्दै आएको भन्दै उहाले जनअपेक्षा अनुसार काम गर्ने बताउनुभयो । ‘म तपाईहरुमाझ कसम पनि खान चाहन्छु, यदी मैले चुनाव चिते भने तनहुमा जस्तै गरी मैले पाउने सेवा सुविधा र भत्ता म यहापनि सामाजिक कार्यमा खर्च गर्नेछु’ श्रेष्ठले भन्नुभयो ।

पुर्व श्रम तथा रोजगार मन्त्रीसमेत रहनुभएका श्रेष्ठले पर्सौनीबाटै गठबन्धनको विजयको शुरुवात भएको बताउनुभयो । श्रेष्ठले आफ्नो विजयलाई कसैले पनि रोक्न नसक्ने भन्दै प्रतिद्धवन्द्धीलाई दोब्बर मतले पराजित गर्ने दाबी गर्नुभयो । वडा नम्बर ४ स्थित भलुही चोकमा आयोजित कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य दिनेश राई लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा नेकपा एमाले, लोसपासहित बिभिन्न पार्टी परित्याग गरी २५१ जना नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन्् । पार्टी प्रवेश गर्नेहरुमा लोसपाका प्रदेश कमिटि सदस्य योगेन्द्र महत्तो, नेकपा एमालेका जिल्ला सदस्य बलिराम ठाकुर, असेश्वर कुर्मी लगायत रहनुभएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री श्रेष्ठले टिका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*