प्रतिनिधिसभा सदस्यको टिकट लिदै किशान श्रेष्ठले भने : अब म आएको छु, परिवर्तन गरेरै छाड्छु
ए वान डेस्क /
नेकपा एकिकृत समाजवादीका प्रभावशाली नेता किशान श्रेष्ठले क्षेत्र नम्बर ४ को मुहार फेर्ने बेला आएको बताउनुभएको छ । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट लिदै नेता श्रेष्ठले क्षेत्र नम्बर ४ को मुहार फेर्न आफु तनहुबाट बारा आएको बताउनुभयो ।
गठबन्धनको तर्फबाट क्षेत्र नम्बर ४ का उम्मेदवार श्रेष्ठलाई नेकपा एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य दिनेश राईले टिकट हस्तान्तरण गर्नुभएको थियो । बाराको पर्सौनीमा आयोजित पार्टी प्रवेश कार्यक्रमकाबिच पोलिटब्युरो सदस्य राईले उम्मेदवारको टिकट हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले क्षेत्र नम्बर ४ को विकास गर्न आफु गंभिर भएर लाग्ने बताउनुभयो । आफु निर्वाचित भएपछि यस क्षेत्रको मुहार फेर्न दृढ भएर लाग्ने भन्दै उहाले हातेमालो गर्न सबैलाई आग्रह गर्नुभयो । ‘यो क्ष्ँेत्रको मुहार फेर्न म आएको हु, आउनुस सहकार्य गरौ’ उहाले भन्नुभयो ।
पर्सौनी गाउपालिकाको खुटुवामा आयोजित पार्टी प्रवेश कार्यक्रमकाबिच बिभिन्न पार्टी परित्याग गरी १५० जना नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले टिका लगाएर स्वागत गर्नुभएको थियो । यसअघि आज बिहान बिभिन्न पार्टी परित्याग गरी चैनपुरमा ५१ र भलुहीमा २१५ जना एकिकृत समाजवादीमा प्रवेश गरेका थिए ।























