पूर्वमन्त्री मियाँले गरे बारा क्षेत्र नं. ४ मा उम्मेदवारी दर्ता

ए वान डेस्क
२३ आश्विन २०७९, आईतवार २१:०१

निवर्तमान सांसद् एवम् पूर्व युवा तथा खेलकुद मन्त्री एकबाल मियाँले बारा क्षेत्र नं. ४ मा बाट प्रतिनिधिसभा सदस्यको लागी उम्मेदवारी दर्ता गराएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मियाँले उम्मेदवारी दर्ता गराएका हुन् । मियाँ लोसपा परित्याग गर्दै एमाले प्रवेश गरेर टिकट लिएका हुन् । मियाँ २०७४ सालको निर्वाचनमा तत्कालिन राजपाबाट बारा क्षेत्र नं. ४ मा निर्वाचित भएका थिए ।

यसैगरी प्रदेश सभातर्फ ४(क) मा एमालेका देवनारायण चौधरी र ४(ख) मा जनता समाजवादी पार्टीका आत्माराम साहले मनोनयन दर्ता गराएका छन् । एमाले र जसपाबीच बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा, ४(क) एमाले र ४(ख) जसपाले लिने सहमती भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*