क्षेत्र नम्बर ४ मा वाग्ले र रायमाझीको स्वतन्त्र उम्मेदवारी

ए वान डेस्क
२३ आश्विन २०७९, आईतवार २१:२०

ए वान डेस्क /

बारा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यको लागी पर्यटन व्यवसायी ईच्छा बहादुर वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर सिमराका पर्यटन व्यवसायी वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली काग्रेसमा लामो समय सक्रिय राजनिति गरेका वाग्लेले प्रतिनिधिसभा सदस्य पदका लागी स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यता, नेपाली काग्रेसकी महिला नेतृ नारायणी रायमाझी निरुले क्षेत्र नम्बर ४ क मा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।

सत्ता गठबन्धनले काग्रेसलाई ४ क को टिकट नदिएपछि असन्तुष्ट बनेकी रायमाझीले प्रदेशसभा सदस्यका लागी स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*