बालेनको ‘लौरो’ लिएर प्रदेशसभाका लागी उठे जीतपुरका संतोष कुशुवाहा

ए वान डेस्क
२३ आश्विन २०७९, आईतवार २१:२९

ए वान डेस्क /

बारा क्षेत्र नम्वर ४ (क) मा युवा व्यवसायी तथा समाजसेवी संतोष कुहवाहाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर हाम्रो नेपाली पार्टी (लौरो चिन्ह) बाट कुशुवाहाले उम्मेदवारी दर्ता गराएका हुन् ।

जीतपुरका सफल युवा व्यवसायीको रुपमा आफुलाई स्थापित गराउन सफल कुशवाहाले उम्मेदवारी दर्ता गराउदै क्षेत्र नम्बर ४ क को विकासमा अब युवाको आवश्यक्ता भएको बताउनुभयो ।

बिगतमा ठुला दलबाट निर्वाचित प्रतिनिधिहरुले क्षेत्र नम्बर ४ को विकासमा कुनै चासो नदेखाएको भन्दै हाम्रो नेपाली पार्टीले मात्र विकास गर्न सक्ने दाबी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*