‘बारा ४ को मुहार फेर्न ५ दलिय गठबन्धन नै चाहिन्छ’
ए वान डेस्क /
बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशानले आागमी निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरु भारी मतले विजयी हुने दाबी गर्नुभएको छ । नेकपा माओवादी केन्द्रको आयोजनामा बाराको सिमरामा भएको विर्नाचन अभियान कार्यक्रममा बोल्दै श्रेष्ठले गठबन्धनका उम्मेदवारहरुबाट मात्र क्षेत्रको विकास हुने दाबी गर्नुभयो ।
बारा क्षेत्र नम्बर ४ को मुहार फेर्न सत्ता गठबन्धन नै चाहिने भन्दै उहाले सबै एकजुट भएर प्रचार प्रसारमा लाग्न आग्रह गर्नुभयो । ‘क्षेत्र नम्बर ४ को बिकास गर्न गठबन्धनले कुनै कसर बाकी राख्दैन्, सबै यसमा ढुक्क भए हुन्छ’ उहाले भन्नुभयो । उहाले क्षेत्र नम्बर ४ को विकास गर्न आफु बारा आएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै क्षेत्र नम्बर ४ का प्रदेशसभा सदस्य उम्मेदवार क्ष्ँेत्र बहादुर श्रेष्ठ अनिलले ५ दलिय गठबन्धनका नेता÷कार्यकर्ताहरु एक भएर अघि बढ्न आग्रह गर्नुभयो । गठबन्धनका उम्मेदवारहरु देखेर प्रतिस्पर्धीहरु अत्तालिएको भन्दै उहाले संयमित हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जीतपुरसिमरा नगर अध्यक्ष प्रेम बरालले कुनै पनि हालतमा ५ दलिय गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभयो । क्षेत्रको विकास गठबन्धनबाट मात्र सम्भव रहेको भन्दै उहाले सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका २४ वटै वडाका वडा कमिटिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अर्जुन चिमोरियाले गर्नुभएको थियो ।























