श्रमिकको समस्याबारे म गंभिर छु : किशान श्रेष्ठ
ए वान डेस्क /
साझा गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशानले श्रमिकहरुको समस्याबारे आफु गंभिर रहेको बताउनुभएको छ । अखिल नेपाल टे«ड युनियन महासंघ बारा, नेपाल टे«ड युनियन काग्रेस र एकिकृत टे«ड युनियन महासंघ नेपाल बाराको आयोजनामा बाराको सिमरामा आज भएको गठबन्धनका साझा उम्मेदवारहरु र टे«ड युनियनबिचको अन्र्तक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले श्रमिकहरुको समस्या समाधान गर्ने बिषयमा आफु गंभिर रुपमा लाग्ने बताउनुभयो ।
श्रमिकहरुको समस्या समाधान गर्ने बिषयमा श्रममन्त्री हुदानै आफुले पहल गरेको भन्दै उहाले श्रमिकको समस्या पहिलो प्राथमिक्तामा रहेको बताउनुभयो । श्रमिकको स्वास्थ्यलाई मध्यनजर गर्दै आफ्नै पहलमा पथलैया–विरगञ्ज करिडोरमा श्रम अस्पताल निर्माण गर्ने तयारी भईरहेको भन्दै उहाले श्रमिकको हक हितको निम्ति सक्रिय भएर लाग्ने बताउनुभयो ।
श्रेष्ठले गठबन्धनका साझा उम्मेदवारहरुलाई भारी मतले विजयी गराउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै साझा गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य क्षेत्र बहादुर श्रेष्ठ अनिलले आगामी निर्वाचनमा श्रमिकहरु एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । साझा गठबन्धनका उम्मेदवारहरुबाट नै श्रमिकको समस्या समस्या समाधान हुने भन्दै उहाले विशेष योजनाका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा क्षेत्र नम्बर ४ भित्र रहेका उद्योगमा आबद्ध मजदुर नेताहरुको उपस्थिति रहेको थियो । सो अवसरमा मजदुर नेताहरुले श्रमिकहरुको समस्याबारे उम्मेदवारहरुलाई जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन मजदुर नेता बेनि प्रसाद तिमल्सिनाले गर्नुभएको थियो ।
























