काग्रेस बैठकमा किशान श्रेष्ठको त्यो सम्बोधन, जसले बनायो उनलाई भावुक
ए वान डेस्क /
निर्वाचनको मिति घोषणापछि नेपाली काग्रेस क्षेत्र नम्बर ४ ले पहिलो पटक आज बाराको सिमरामा क्ष्ँेत्रिय कार्यसमितिको बैठक राख्यो । बैठकमा क्षेत्र नम्बर ४ का नेपाली काग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।
बैठकको शुरुमै नेपाली काग्रेसका क्षेत्रिय सभापति सुनिल गुप्ताले नेता कार्यकर्ताहरुलाई बोल्न लगाए । बैठकमा उपस्थित नेपाली काग्रेसका नेता कार्यकर्ताहरुले आफुहरुले कुनै पनि क्षेत्र नपाएको भन्दै असन्तुष्टि व्यक्त गरे । क्षेत्रिय बैठकमा केहि नेता कार्यकर्ताले साझा गठबन्धनका उम्मेदवारलाई सघाउनुपर्ने आवाज उठाउदै थिए, त केहि नेता कार्यकर्ता प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशानले काग्रेसलाई समेटेर लैजानुपर्ने भन्दै लिखित प्रतिवद्धता जनाउनुपर्ने धारणा राख्दै थिए ।
कार्यक्रममा उपस्थित केहि नेता कार्यकर्ताले असन्तुष्टि जनाएपनि अधिकासलृ गठबन्धनका उम्मेदवारलाई सघाउनुपर्नेमा जोड दिए । सोही क्रममा कार्यक्रम सञ्चालकले साझा गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशानलाई बोल्न लगाए ।
मन्तब्यको शुरुमै प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले आफु भावुक भएको बताउदै काग्रेसको शरणमा आएको बताए । झण्डै १२ मिनेट काग्रेसको क्षेत्रिय बैठकमा बोलेका श्रेष्ठले अधिकासं समय आफ्नो उम्मेदवारीका बिषयमा खर्चिए । बोल्ने क्रममा श्रेष्ठले प्रधानमन्त्रीको आग्रहपछि मात्रै आफु बारा क्षेत्र नम्बर ४ मा आएको बताए ।
‘प्रधानमन्त्री ज्युले नै गठबन्धनलाई बचाईदिनुपर्यो, एक पटक रामचन्द्र जीलाई छाड्दिनुपर्यो भन्नुभएपछि म ब्यायक भए’ बैठकमा श्रेष्ठले भने । तनहुमा अघिल्लो निर्वाचनमा रामचन्द्र पौडेलाई भारी मतले पराजित गरेको स्मरण गराउदै श्रेष्ठले भने ‘मलाई प्रधानमन्त्री ज्युले नै देशको जुनसुकै क्षेत्रबाट चुनाव लडेपनि लड्नु भनेपछि म बारामा आएको हु’ ।
बारा क्षेत्र नम्बर ४ मा आफ्नो संगठन कमजोर भएपनि आफु काग्रेसको भरोसामा मैदानमा उत्रिएको श्रेष्ठले बताए । श्रेष्ठले काग्रेसको बैठकमा गठबन्धनलाई खुलेर सहयोग गर्न आग्रह गरे । ‘मलाई लोभ लालच केहि पनि छैन्, पैसा कमाउ भन्ने छैन, म यो क्षेत्रको विकास गर्न यहा“ आएको हु’ श्रेष्ठले भने ।
बोल्ने क्रममा श्रेष्ठले काग्रेसका नेता कार्यकर्ताको जवाफ दिदै भने ‘यहा“ लिखित प्रतिवद्धता पत्रको कुरा आएको सुने, म आखा चिम्लेर तपाईहरुको लिखित पत्रमा हस्ताक्षर गर्न तयार छु’ । ‘म विकास निर्माण कुरामा क्षेत्र नम्बर ४ को मात्र हैन्, बाराको विकास गर्न म यहा“ आएको हु, त्यसकारण ढुक्क भएर सहयोग गर्नुहोस्’ श्रेष्ठले भने ।
बारा ४ मा साझा गठबन्धनका उम्मेदवारलाई जिताउन काग्रेस एक ढिक्का भएर लाग्नुपर्ने भन्दै श्रेष्ठले आफु जस्तो सुकै अवस्थामा पनि जनताको पक्षमा उभिन तयार रहेको बताए । आफु सधै जनताको पक्षमा उभिएको भन्दै श्रेष्ठले बाराको विकासमा कुनै कसर बाकी नराख्ने बताए ।























