बारा ४ : साझा गठबन्धनको निर्वाचन परिचालन कार्यालयको उद्घाटन
ए वान डेस्क /
बारा क्षेत्र नम्बर ४ मा ५ दलिय गठबन्धनको निर्वाचन परिचालन कार्यालयको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमकाबिच क्ष्ँेत्रिय र प्रादेशीक निर्वाचन परिचालन कार्यालयको उद्घाटन गरिएको हो ।
क्ष्ँेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशानले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन कार्यालयको उद्घाटन गरिएको हो । सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले साझा गठबन्धन विकास निर्माणको काममा सधै अग्रसर रहने बताउनुभयो ।
क्षेत्र नम्बर ४ को विकास गर्न साझा गठबन्धनले कुनै कसर बाकी नराख्ने भन्दै उहाले सबै एक भएर निर्वाचजनमा हामिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ अनिलले गठबन्धन जित नजिक रहेको बताउनुभयो ।

साझा गठबन्धनले जनताको भावना बुझ्ने भन्दै श्रेष्ठले सबैलाई समेटेर आफुहरु अघि बढ्ने बताउनुभयो । क्षेत्र नम्बर ४ ख का प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलले मधेशको विकास गर्न साझा गठबन्धन दृढ भएर लाग्ने बताउनुभयो । साझा गठबन्धनको निर्वाचन गतिविधि देखेर बिपक्षीहरु अत्तालिएको भन्दै उहाले मंसिर ४ गतेपछि देश नै गठबन्धनमय हुने बताउनुभयो ।

क्षेत्रिय निर्वाचन परिचालन समितिका संयोजक सुनिल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेकपा एकिकृत समाजवादीका नेता बिरेन्द्र साहले गर्नुभएको थियो । कार्यक्रममा ५ दलिय गठबन्धनका नेता कार्यकर्ताहरुके उपस्थिति रहेको थियो ।
यस्तै आज एक कार्यक्रमकाबिच क्षेत्र नम्बर ४ क को निर्वाचन परिचालन कार्यालयको पनि उद्घाटन गरिएको छ । सिमरामा सञ्चालन गरिएको निर्वाचन परिचालन कार्यालयको प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशानले उद्घाटन गर्नुभएको थियो ।

यस्तै क्षेत्र नम्बर ४ ख को निर्वाचन परिचालन कार्यालयको पनि उद्घाटन गरिएको छ । पर्सौनीमा सञ्चालन गरिएको कार्यालयको पनि प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।























