साझा गठबन्धनबाट मात्र विकास सम्भव छ : अनिल श्रेष्ठ

ए वान डेस्क
२ कार्तिक २०७९, बुधबार १७:४२

ए वान डेस्क /

बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ अनिलले संविधानको रक्षा गर्न अग्रगमनकारी शक्तिलाई जिताउनुपर्ने बताउनुभएको छ । क्षेत्र नम्बर ४ क को निर्वाचन परिचालन कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले साझा गठबन्धनलाई सबै मिलेर विजयी गराउनुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनुभएका श्रेष्ठले संविधानमाथि प्रहार गर्न प्रतिगमनकारी शक्तिका रुपमा एमाले–राप्रपा गठबन्धन अघि बढेको बताउनुभयो । साझा गठबन्धनका उम्मेदवारलाई जुनसुकै हालतमा विजयी गराउनुपर्ने भन्दै उहाले मतदानमार्फत बिपक्षीलाई पराजित गर्नुपर्ने बताउनुभयो ।

श्रेष्ठले प्रतिगनकारी कदम विरुद्ध एकजुट भएको शक्ति अब जनमतमार्फत प्रतिवद्व भएर जुट्नुपर्ने बेला आएको बताउनुभयो । उहाले साझा गठबन्धनबाट मात्र विकास सम्भव रहेको भन्दै भारी मतले विजयी गराउन आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*