बारा : प्रदेश कमिटी सदस्यसहित ७६ जनाले त्यागे एमाले

ए वान डेस्क
१५ कार्तिक २०७९, मंगलवार १८:१४

बारा ३ मा पार्टीले उठाएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

एमाले परित्याग गर्नेमा मधेस प्रदेश कमिटी सदस्यहरु श्रीकाजी मोक्तान, उमेश कुशवाह, कलामुद्दीन अन्सारी, प्रदीप साह तथा पूर्व सदस्य देवराज घिमिरे रमणलगायतका ७६ जना छन् ।

उनीहरुले बारा ३ बाट प्रतिनिधि सभामा ज्वालाकुमारी साह र प्रदेश सभातर्फ बारा ३ को २ मा महम्मद समिरलाई उम्मेदवार बनाएकोमा असन्तुष्टि जनाएर एमाले परित्याग गरेका हुन् । साह र समिर दुवै जना नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका थिए ।

पार्टी परित्याग गर्नेहरुले आज (मंगलबार) निकालेको संयुक्त विज्ञप्तिमा बारा ३ मा ४० वर्षदेखि पार्टीमा कार्यरत, योग्य, दक्ष र इमान्दार कार्यकर्ता हुँदा हुँदै कार्यकर्ताको चाहना र भावना विपरीत क्षेत्र बाहिरबाट टुरिष्ट उम्मेदवार ल्याउँदा कार्यकर्ताहरुले घोर अपमान र लज्जा महसुस गरेको उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*