बारा ४ : घरदैलोमा व्यस्त श्रेष्ठ र सोनल, गरे यस्तो प्रतिवद्धता

ए वान डेस्क
१७ कार्तिक २०७९, बिहीबार १३:५३

ए वान डेस्क /

५ दलिय गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ का उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई केन्द्रित गरी उम्मेदवारहरुले घरैदलो अभियानलाई तिब्रता दिएका हुन् ।

निर्वाचन मितिको नजिकिदै जादा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशान र ४ ख का प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनल घरदैलोमा व्यस्त छन् । अभियान अन्र्तगत आज बाराको बिश्रामपुरमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

उम्मेदवारद्धय श्रेष्ठ र सोनलको उपस्थितिमा बिश्रामपुर गाउपालिका वडा नम्बर ३ र ४ मा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । घरदैलोमा ५ दलिय गठबन्धनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

घरदैलोका क्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले क्षेत्र नम्बर ४ को विकासमा कुनै कसर बाकी नराख्ने प्रतिवद्धता जनाउनुभयो । ‘हामी साझा गठबन्धनका उम्मेदवारको एउटै प्रतिवद्धता यो छ की, हामीले चुनाव जित्यौ भने हामी यो क्षेत्रको विकासमा दृढ भएर लाग्नेछौ’ उहाले भन्नुभयो ।

प्रदेशसभा सदस्य उम्मेदवार सोनलले साझा गठबन्धनबाट मात्र विकासको ढोका खुल्ने बताउनुभयो । क्षेत्रको विकासमा आफुहरु गंभिर भएर लाग्ने भन्दै उहाले विकास निर्माणको काममा सधै अग्रसर रहने प्रतिवद्धता जनाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*