बारा क्षेत्र नं. ४ : यस्तो छ सत्ता गठबन्धनको घोषणा–पत्र सार्वजनिक (पूर्णपाठ)

ए वान डेस्क
१९ कार्तिक २०७९, शनिबार १८:२९

बारा क्षेत्र नं. ४ को सत्ता गठबन्धनले घोषणा–पत्र सार्वजनिक गरेको छ ।

प्रतिनिधि सभाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान, प्रदेश (क) का उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ अनिल, प्रदेश (क) का जीतेन्द्र सोनलले मुख्य योजना समेटेर घोषणा–पत्र सार्वजनिक गरेका हुन् ।

शिक्षा, स्वास्थ, उद्योग एवं रोजगार र कृषिलाई प्राथमिकता दिएर घोषणा–पत्र तयार पारिएको छ ।

१७ बुदे प्रतिवद्धतासहित भौतिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारलाई समेटेर ४ वटा नारा तय गरेर घोषणा पत्र तयार गरिएको छ ।

घोषणा पत्रमा दीगो भौतिक विकासको आधार : वातावरण मैत्री पूर्वाधार, अर्थतन्त्रको प्रमुख आधार : कृषिमा आमूल सुधार, पर्यटन विकासको आधार : अर्थतन्त्र सुधार र शिक्षा स्वास्थ्य र रोजगार : जनजीविकाको आधार भन्ने नारा तय गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*