बारा ४ : एमाले नेता आलमसहित सयौ नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश, श्रेष्ठले गरे स्वागत

ए वान डेस्क
२४ कार्तिक २०७९, बिहीबार १६:५८

बारामा विभिन्न पार्टी परित्याग गरि सयौ नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । परवानिपुर गाउपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी प्रवेश गरि १५० नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका हुन् । यसरी प्रवेश गर्नेहरुमा नेकपा एमालेका नेता अनवर आलम, जसपाका नेता प्रदिप यादव दिलिप लगायत रहेका छन् । नवप्रबेशीहरलाई बारा ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशानले टीका र खादा लगायर स्वागत गर्नु भएको थियो । सो अवसरमा श्रेष्ठले बारा ४ मा गठबन्धनको जित सुनिस्चित रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*