जनताको मनोभावना अनुसार काम गर्छु : अनिल श्रेष्ठ
५ दलिय गठबन्धनको तर्फबाट बारा ४ क का प्रदेश सभा सदस्य उम्मेदवार अनिल श्रेष्ठले जनताको मनोभावना अनुसार काम गर्ने बताउनुभएको छ । मतदाता भेटघाटका क्रममा जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर १ पथलैयामा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले जन भावना अनुसार काम गर्ने बताउनुभयो । `मैले यहाँका जनताको समस्या राम्रोसङ बुझेको छु, त्यसकारण पनि म सबैलाई समेटेर लैजानछु´ उहाले भन्नुभयो । ५ दलिय गठबन्धन बिकाशको पक्षमा रहेको भन्दै उहाले निर्वाचित भैसकेपछी विशेष योजना बनाएर अघि बढ्ने बताउनुभयो ।























