समानुपातिकतर्फ १७ लाख बढी मतले एमाले अगाडि, अरु कुन दलको कति ?

ए वान डेस्क
१० मंसिर २०७९, शनिबार ०८:१६

यहि मंसिर ४ मा सम्पन्न निर्वाचनको मतगणना धमाधम भइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणनाको परिणाम सँगसँगै निर्वाचन आयोगले समानुपातिकतर्फको पनि मतपरिणाम अद्यावधिक गर्दै आएको छ ।

निर्वाचन आयोगले आज बिहान आफ्नो वेवसाइटमा अद्यावधिक गरेको मतपरिणाम अनुसार सूर्य चिन्हवाहक नेकपा एमाले सबैभन्दा अगाडि छ । उसले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । एमालेलाई रुख चिन्हवाहक नेपाली कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसले १६ लाख ३२ हजार ६६४ मत प्राप्त गरेको तथ्यांक आयोगले अद्यावधिक गरेको छ । घण्टी चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टी ७ लाख ४५ हजार ५६१ मतसहित तेस्रो स्थानमा छ ।

हँसिया हथौडा चिन्हसहित चुनावी मैदानमा उत्रिएको नेकपा माओवादी केन्द्र ७ लाख १९ हजार ३७२ मत पाएको छ । हलो चुनाव चिन्ह लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा ३ लाख ७८ हजार २३३ मत ल्याएको छ । आयोगका अनुसार छाता चुनाव चिन्ह भएको जनता समाजवादी पार्टी (जसपा) २ लाख ४ हजार ७२४ मतले छैटौं स्थानमा हुँदा नेकपा एकीकृत समाजवादीले १ लाख ४८ हजार २१७ मत पाएको छ ।

कैलालीको पूर्व क्षेत्रका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कब्जा जमाएको ढकिया चिन्ह भएको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ झण्डै १ लाख ३३ हजार ५०४ मत प्राप्त गरेको छ । मधेस केन्द्रीय राजनीति गरिरहेको हर्न चुनाव चिन्ह भएको जनमत पार्टीले १ लाख ३१ हजार ७४१ मत प्राप्त गरेको छ । यसबाहेक अन्य दलहरुले प्रतिनिधिसभा समानुपातिकतर्फ एक लाख मत कटाउन सकेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*