सपथपछि किशान श्रष्ठले भने : म जनताको भरोसा टुट्न दिन्न

ए वान डेस्क
७ पुष २०७९, बिहीबार १४:३४

ए वान डेस्क /

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किशानले जनताको समस्या सम्बोधन गर्ने गरी काम गर्ने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि संसद भवन बाहिर सञ्चारकर्मीसंग कुरागर्दै श्रेष्ठले क्षेत्र नम्बर ४ का जनताको भावना अनुसार काम गर्ने बताउनुभयो ।

मतदातालाई धन्यवाद दिदै श्रेष्ठले भन्नुभयो ‘मैले क्षेत्र नम्बर ४ का जनताको विश्वास, भरोसा र माया पाएको छु, त्यो म कहिल्यै टुट्न दिन्न’ । उहाले जनअपेक्षा अनुसार काम गर्न आफु प्रतिवद्ध रहेको भन्दै सामाजिक कार्यमा निरन्तर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*